नेपालमा २ लाख ६३ हजार बढीले जिते कोरोना, कति भयो परीक्षण ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९८६ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ३५ हजार ३०१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १५८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?