केपी ओलीलाई प्रचण्डको खुला चुनौती- ‘एउटा कर्मचारीलाई छोएर देखाउ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोनलमा गएका कर्मचारीहरुलाई ढुक्क हुन आग्रह गरेका छन् ।

आज प्रचण्ड-नेपाल समूहले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै विरोध सभामा उपस्थित हुने कर्मचारीहरुलाई कारबाही गर्ने भन्ने प्रधानमन्त्री केपी ओलीको कुराहरुमा आफूहरुले अडान लिने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीका साइवर सेनालाई साइवर स्यालको संज्ञा दिँदै कार्यक्रममा उपस्थित हुने कर्मचारीहरुलाई ढुक्क बन्न आग्रह गरेका हुन् ।

“सबै कर्मचारी साथीहरु हिजो गणतन्त्र आन्दोलनमा जे गर्नुभयो । “केपीका साइवर स्यालहरुले रेकर्ड राख्ने रे । कारबाही गर्ने रे । हुनेवाला केही छैन् ।”

त्यस्तै आफूहरुले तीन वर्षको समयमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार गर्न नसकेको बताएका छन् ।

आफूहरुले मिल्नका लागि धेरै कोसिस गरेपनि कुनैपनि हालतमा सुधार गर्न नसकेको समेत टिप्पणी गरेका छन् ।

“हामीले तीन वर्षमा केपीलाई तह लगाउन सकेनौ । केपीलाई सम्झाइ बभफाइ फकाइ गरेर उनको कुरा मानेचाँही हुन्छ कि भनेर मान्यौ । तर ओलीलाई सुधार गर्न सकेनौ । केपीको सनकको भरमा निरंकुसतालाई साथ दिन्छ भन्ने भ्रममा नपरौ । आज काठमाडौंमा भएको जनसभालाई सर्वोच्च र निर्वाचन आयोगले राम्रैसँग देखेको छ ।” उनले भने ।

प्रधानमन्त्री ओलीले सत्तामा जानका लागि जे पनि सहमती गर्ने गरेको आरोप समेत लगाएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?