१३ वर्षीया छोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । बर्दियामा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बावु पक्राउ पर्का छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?