ओलीसँग हामी पहिले नै हैरान भैसकेका थियौँ : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरु पहिले नै हैरान भैसकेको बताएका छन् ।

आफूहरुले विभिन्न समस्याहरु लिएर गएपनि प्रधानमन्त्री ओलीले ती समस्याको वेवास्ता गरेर आफूखुसी निर्णय ग र्ने गरेको आरोप लगाएका छन् । आज प्रचण्ड नेपाल समूहले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

“ओली जनतालाई झुठा आश्वासन धेरै बाड्ने मान्छे हुन् । त्यसैले हामी भन्ने गरेका थियौँ आश्वासन कम काम बढी गर्नुहोस्। हामीले भन्थ्यौँ सम्भव हुने कुरा मात्रै बोल्नुहोस् । हामीले भन्यौ भोकले मानिस पीडित छन् ति मानिसलाई कसरी समस्या गर्ने ? हामीले भन्यौ महिलामाथि बलात्कार भइरहेको छ । यो बलात्कारका घटनालाई कसरी रोक्ने हो । किसानहरु आफ्नो मागको निम्ति उठिरहेका छन् । उनीहरुको बारेमा छलफल गरौँ । केपी ओली कुनै पनि कुरामा छलफल हुनुभएन । उहाँ एकमदै एकलौटी ढंगले चल्न खोज्ने मान्छे । हामी पहिले नै हैरान भैसकेका थियो । हामी बालुवाटारमा बैठक कुरेर बस्थ्यौ तर उहाँले एकैपटक बैठक स्थगित गर्नुहुन्थ्यो ।” उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओली कम्युनिष्ट आदर्श भएका मानिस नभएको आरोप लगाएका छन् ।

आफूहरुले धेरै कोसिस गरेपनि ओलीलाई सुधार गर्न नसकेको जिकिर गरे । प्रधानमन्त्री ओली आफ्नो आदेश पालना नगरेसम्मम सबै सिस्टम नै भत्काउने काम गर्ने मानिस भएको बताएका छन् ।

“हामीले धेरै कोसिस गर्यौँ उहाँको आदेश पालना नगरेसम्म सबै सिस्टम भत्काउने काम गर्ने मानिस हुनुहुँदोरहेछ ।” उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?