२०७७, ९ माघ शुक्रवार १५:१७

केपी ओली कम्युनिष्ट आदर्श भएका मानिस होइनन् : माधवकुमार नेपाल


प्रकाशित मिति : २०७७, ९ माघ शुक्रवार १५:१७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आदर्श भएका मानिस नभएको आरोप लगाएका छन् ।

आज प्रचण्ड नेपाल समूहले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताएका हुन् ।

“केपी ओली कम्युनिष्ट आदर्शमा विश्वास गर्ने मानिस होइनन् । केपी ओली सामूहिकतामा विश्वास गर्ने मानिस होइनन् । उनले भने । त्यस्तै प्रधानमन्त्री ओलीले धारामा टिक्न नसकि धारामा नै नभएको कुरा ल्याएर राष्ट्रपति कहाँ चिठि पठाएको बताए । ओली संविधानको धारामा टिक्न नसकेपछि धाराको उल्लेख नै नगरिकन राष्ट्रपति कहाँ चिठि पठाएका रहेछन् ।” उनले भने ।

प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आदर्श नभएको दाबी गर्दै आफूहरुले स्पष्टीकरण सोधेको बताए ।

प्रतिक्रिया दिनुहोस