सर्वोच्चले संसद पुनर्स्थापना गर्छ : झलनाथ खनाल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटनको विकल्प नभएको बताएका छन् । प्रचण्ड नेपाल समूहले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

उनले सर्वोच्चप्रति जनताको उच्च सम्मान र भरोसा रहेको बताउँदै सर्वोच्चले कुनै पनि हालतमा संसद पुनर्स्थापना गर्नेमा जोड दिएका हुन् । आम जनताले सर्वोच्चको सम्मान गर्छ । सर्वोच्चले संसद पुनस्थापना गर्छ । हामीसँग अर्को कुनै विकल्प छैन् । जनतालाई भ्रम छर्न पर्ने आवश्यत्ता छैन् । उनले भने

त्यस्तै निर्वाचन आयोगले नै आफ्नो समूहलाई नै आधिकारीकता प्रदान गर्नेमा जोड दिएका छन् । निर्वाचन आयोग हुकुमी शासनले बनाएको नभइ जनता र संविधानले बताएको बताउँदै त्यस्तो बताए ।

निर्वाचन आयोग हुकुमी आयोगले बनाएको निर्वाचन आयोग होइन् । हामीले संविधानले बनाएको निर्वाचन आयोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?