अमेरिकी राजदूतको प्रधानमन्त्री ओलीसँग भेटघाट, बाइडेनका प्राथमिकताबारे दिए जानकारी

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

बिहीवार अपरान्ह राजदूत बेरी प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटघाटका क्रममा राजदूत बेरीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनका प्राथमिकताका बारेमा छलफल गरेको बताइएको छ ।
राजदूत बेरीले बाइडेन सरकार नेपाल र अन्य देशहरूसँग साझेदारी गर्दै जलवायु परिवर्तनदेखि लिएर आणविक प्रसार, साइबर वारफेयर, स्वास्थ्य चुनौती जस्तै कोभिड १९ आदि विश्वव्यापी समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको जनाए ।

बाइडेनले कूटनीतिक सम्बन्ध विस्तार गर्दै विश्वका साझा समस्याहरु सुल्झाउने योजना बनाइरहेको बेरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?