२०७७, ९ माघ शुक्रवार १४:५३

बाइडेनले ट्रम्पसँग कुरा गर्छन् वा गर्दैनन् ? यसो भन्छ ह्वाइट हाउस


प्रकाशित मिति : २०७७, ९ माघ शुक्रवार १४:५३

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्ने कुनै योजना नभएको बताइएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले संवाददातासँग कुरा गर्दै यसको जानकारी दिएकी हुन् ।

ट्रम्पले ह्वाइट हाउसबाट जानु भन्दा पहिला बाइडेनलाई पर्सनल म्यासेज छोडेका थिए ।

त्यसपछि बाइडेनले ट्रम्पसँग कुरा गर्ने बताएका थिए । ट्रम्प बाइडेनको शपथ ग्रहणमा सहभागी नबनीकनै ह्वाइट छोडेर गएका थिए ।

प्रतिक्रिया दिनुहोस