ट्रम्प र मेलानियालाई आजीवन सुरक्षा दिइने

काठमाडौं । अमेरिकाका निः वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका चार जना छोराछोरीको सिक्योरिटी कभर ६ महिना बढेको छ ।

त्यस्तै उनीहरुका नजिकका चार महत्वपूर्ण अफिसरलाई पनि अब ६ महिना सीक्रेट सर्भिस दिइनेछ ।

यो फैसला ट्रम्पले ह्वाइट हाउस छोड्न पहिले नै गरेका थिए वा बाइडेनले सत्ता सम्हालेपछि गरेका हुन् भन्ने बारेमा अहिलेसम्म केहि बताइएको छैन ।

त्यस्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई आजीवन सुरक्षा मिल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?