१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । ईलाममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ईलाम नगरपालिका-७ बस्ने भानुपथ बस्ने २५ वर्षीय बिनयक बरईलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बरईले ती बालिकालाई पुस २६ गते साँझ घरमा केही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?