दाउरा प्रहार गरी आमाको हत्या

लोकपथ
0
Shares

काठमाडौं । तनहुँमा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । आफ्नै आमा ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?