पहिलेपहिले नेपालमा चल्थे यस्ता सवारी (फोटोमा हेर्नुहोस्)

काठमाडौं । हरेक दिन हाम्रो सडकमा बस, टिपर, ट्रक, ट्र्याकटर, टेम्पो, कार, मोटरसाइकल, स्कूटर आदि कुदेको देख्छौं । समयसँगै हामी चढ्ने सवारीसाधनहरु पनि परिष्कृत हुँदैछन् । जति समय अघि बढ्छ बजारमा उति नै नयाँ मोडल र विशेषता भएका सवारी साधन आइरहन्छन् ।

कहिले सोच्नुभएको छ नेपालमा पहिलोपटक कस्तो गाडी चलेको थियो होला ? आधुनिक मोडल र ब्राण्डको जमाना शुरु हुनुअघि हाम्रा सडकमा कस्ताकस्ता गाडीहरु गुडेको देखिन्थे भनेर सम्झाउनलाई लोकपथले सामाजिक सञ्जालबाट त्यस्ता सवारीसाधनको केही तस्वीर संकलन गरेको छ ।

यस संकलनमा बालुवा गिटी बोक्ने ट्रकदेखि, विद्यार्थी बोक्ने स्कूल बस, सार्वजनिक यातायात तथा विशेष व्यक्तिहरु चढ्ने ‘भिन्टेज’ मोडलका कारहरु समावेश छन् ।

 

 

(तस्वीर संकलनः सुनिल उलक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?