२०७७, ९ माघ शुक्रवार १२:५६

कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य


प्रकाशित मिति : २०७७, ९ माघ शुक्रवार १२:५६

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनायो ।प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै शुभशंकर उराले ३६ रन जोड्दा मिनास थापाले २५ रन बनाए । सर्वन यादव र फिर्दोस अन्सारीले १७र१७ रन जोड्दा राजन मगरले १० रन बनाए ।

कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए ।

यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस