संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना पुग्यो संवैधानिक इजलासमा

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्धाको शुक्रवारको बहस शुरु भएको छ ।

शुक्रवारको बहसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश भएको छ ।

महान्यायधीवक्ता अग्नि खरेलले इजलासमा उक्त सूचना पेश गरेका हुन् ।

संसद विघटनको मुद्धामा गत आइतवारदेखि निरन्तर बहस भइरहेको छ । बिहीवारको बहसका क्रममा अधिवक्ताहरुले संसद विघटनको सिफारिस राजपत्रमा सूचना प्रकाशित नभएको भन्दै प्रश्न उठाएका थिए । बिहीवारको बहसमा अधिवक्ताद्वय ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशित समेत नगरेको भन्द‌ै बहस गरेका हुन् । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले राजपत्रमा प्रकाशित सूचना उपलब्ध गराउन माग गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्चमा १ दर्जन बढी रिटहरु परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?