पूर्व अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको अन्तिम दिन ४ परम्परा तोडे

काठमाडौं । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् ।

डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपतिको रुपमा दर्ता भइसकेका छन् । ट्रम्प ७ जनवरी भन्दा पहिला आफूले हारेको मान्न तयार थिएनन् । उनले बाइडेनलाई जितको औपचारिक बधाईसमेत दिएनन् ।

१५० वर्षमा उनी यस्तो राष्ट्रपति बने जसले नयाँ राष्ट्रपतिको शपथ ग्रहणमा भाग लिएनन् ।

ट्रम्पले ह्वाइट हाउस छोड्ने अन्तिम दिन एक नियम पूरा गरेका थिए भने ४ अन्य नियमको पालना गरेनन् । उनले बाइडेनलाई ह्वाइट हाउसमा आमन्त्रण गरेनन् । परम्पराकाअनुसार वर्तमान राष्ट्रपतिले भावि राष्ट्रपतिलाई निम्तो दिने प्रचलन छ ।

त्यस्तै परम्परा तोड्नमा उनकी श्रीमती मेलानियाले पनि मानिन् । उनले पनि फ्यूचर लेडीलाई ह्वाइट हाउस डाकिनन् । यो १०० वर्षपछि पहिलो पटक यस्तो भएको हो ।

शपथग्रहणका दिन वर्तमान राष्ट्रपति ट्रम्प भावि राष्ट्रपति जो बाइडेनलाई शपथ दिलउन गएनन् ।

त्यस्तै अर्को नियम भनेको प्रेसिडेन्ट इलेक्टलाई प्रेसिडेन्टले शपथ ग्रहण कार्यक्रममा लिएर जानुपर्ने नियम छ । यो नियम पनि उनले पूरा गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?