सडक निर्माणमा चरम लापरवाही, हातले उप्कने कालोपत्रे

RSS
0
Shares

बझाङ । बागथलाबाट भोपुरसम्मको जयपृथ्वी राजमार्गमा कालोपत्रे गर्दा कमसल निर्माण सामग्री प्रयोग भएको आशङ्का व्यक्त गर्दै स्थानीयवासीले चासो व्यक्त गरेका छन् । केही युवाले सडक अवलोकन गर्दा निर्माण सामग्री कमसल प्रयोग गरी सडक कालोपत्रे भइरहेको पाइएको थियो ।

कालोपत्रे गर्दा प्रयोग गरिएको अलकत्रा हातले उप्काउन मिल्ने खबर आएपछी बझाङका युवाले उक्त सडकको निगरानी गरेको थिए । अवलोकन गर्न जाँदा कमसल निर्माण समाग्री प्रयोग गरेको र सडकको धुलो सफा नगरी अलकत्रा बिछ्याएको पाइएको स्थानीय अशोक मल्लले बताए ।

उनका अनुसार सडक कालोपत्रे गर्दा ‘रिसोलिङ पिच’ गर्नुपर्ने ठाउँमा गिट्टी नराख्ने गरेको र मात्राअनुसार अलकत्रा प्रयोग नगरी सडक कालोपत्रे भइरहेको छ । सडक मर्मतका बेला सडकलाई फराकिलो गरेर कालोपत्रे गर्नुपर्ने भए पनि त्यसो नगरिएको पाइएको हो । यता कालोपत्रेको काममा गल्ती भएकोे निर्माण कम्पनिका प्रतिनिधि हरिप्रसाद खनाल स्वीकार गरेका छन् ।

ओटासिल सडक उप्कीसकेकाले सो मर्मतका लागि करिब ६ करोडमा कम्पनीसँग सम्झौता भएको भए पनि निर्माण कम्पनीले सडकको छेउमा जाली नहाल्ने तथा किनारामा नाला नबनाएर नै सडक मर्मत गरिरहेको पाइएको छ । सडक निर्माणमा भइरहेको कमसल सामान परिवर्तन गरी गुणस्तरीय सामान प्रयोग नगरेमा युवाले कामलाई अवरोध पुर्‍याउने बताएका छन् । सडक डिभिजन कार्यालय बैतडीले जलजला निर्माण सेवा काठमाडौंलाई सो सडक कालोपत्रे गर्ने कामको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?