प्रम र प्रचण्डबीच राजनीतिक छलफल

काठमाडौँ, १७ असोज ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वामपन्थी दलबीच तालमेलको चर्चा चलेकै बीचमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच कुराकानी भएको हो । काँग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गर्दै आएको छ भने केन्द्रले नेकपा (एमाले) सँगको तालमेल र पार्टी एकताका लागि वार्ता अघि बढाएको छ ।प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार दुई शीर्ष नेताबीच आपसी छलफल भएको तर आफूलाई विस्तृत जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?