चन्द्रागिरि हिल्सको आईपीओ १ लाख ३९ हजारलाई, नपर्नेलाई पनि यस्तो योजना

काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ शुक्रवार (आज) बाँडफाँड भएको छ ।

चन्द्रागिरि हिल्सको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो ।

आईपीओका लागि आवेदन दिएकामध्ये कुल १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। त्यस्तै दुई जनाले भने थप २ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेको जनाइएको छ ।

गत पुस २४ गतेदेखि कम्पनीले प्रति कित्ता १०० का दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए। त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन्। १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

त्यस्तै जसमध्ये १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

त्यस्तै आवेदन दिनेहरुलाई कम्पनीले चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?