मर्मतका लागि हिल्दुम जलविद्युत आयोजना बन्द

RSS
0
Shares

हुम्ला । मर्मतका लागि हिल्दुम साना जलविद्युत आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत आयोजना बन्द गर्न लागिएको हो ।

सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताएकी छिन् । प्रमुख एडीले भनिन्, “माघ १० गते शनिवार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।”

सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न लाग्ने भएको ऐडीले बताइन् । उनका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका उक्त विद्युत पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक दिन कम्तीमा ११ घण्टा विद्युत भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?