हुम्लामा छैनन् एक जना पनि कोरोना संक्रमित

RSS
0
Shares

हुम्ला । हुम्ला हिजो (बिहीवार)देखि कोरोना संक्रमण मुक्त भएको छ । यसअघि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना संक्रमितमुक्त जिल्ला भएको हो ।

एकजना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना मुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक जना महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडि जिल्ला बाहिर काठमाडौं लगिएको छ भने महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी घर फिर्ता हुनुका साथै हुल्ला कोरोना मुक्त जिल्ला बनेको छ ।

लामो समय कोरोना संक्रमणका हिसाबले ग्रिनजोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोजयता जिल्लाभरि ९१ मा कोरोना संक्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल संक्रमित संख्या शून्यमा झरेको हो ।

केही दिन अगाडि सिटिजन्स बैंकका दुई जना कर्मचारीमा कोरोना देखिएकोमा एकलाई कोरोना संक्रमण जटिल बन्दा काठमाडौं रिफर गरिएको र अर्की एक महिला कर्मचारीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि जिल्लामा कोरोना संक्रमितको सङ्ख्या पुनः शून्यमा झरेको हो ।

गत असोज ३ गते हुम्लामा पहिलोपटक नेपालगञ्जबाट हवाईजहाजमा आएका युवतीमा कोरोना देखिएको थियो । त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?