घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार १ सय रहेको थियो । भने प्रतितोला छापावाला सुनको मूल्यमा २ सयले कमि आइ प्रतितोला सुन ९२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ४ सय रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?