अमेरिकामा कोरोनाको एक वर्ष, यस्तो थियो शुरुवाती पाँच हप्ताको अवस्था

काठमाडौं । अमेरिकामा २० जनवरीमा कोरोना संक्रमितको कुल संख्या २.५ करोड पुग्यो । ठीक एक वर्ष पहिले २० जनवरी २०२० मा पहिलो पटक अमेरिकामा कोरोना संक्रमणको पहिलो केस फेला परेको थियो ।

ति व्यक्ति चीनको वुहानबाट अमेरिका पुगेका थिए ।

त्यसपछि बिस्तारै बिस्तारै अमेरिकामा कोरोना महामारी शुरु भयो ।

अमेरिकामा पहिलो पाँच हप्तामा मात्र ४५ केस पुष्टि भएका थिए ।

त्यो बेलासम्म एक जनाको पनि कोरोनाबाट अमेरिकामा मृत्यु भएको थिएन ।

त्यसपछिको पाँच हप्तामा ७४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भयो भने त्यो बेला एक लाख भन्दा धेरैको मृत्यु भइसकेको थियो ।

अहिलेसम्म अमेरिकामा ४ लाख २० हजार २८५ जनाको मृत्यु भइसकेको छ भने २ करोड ५१ लाख ९६ हजार ८६ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?