कैलालीको टीकापुरमा पहिलोपटक योगाश्रम निर्माण

टेक सिँह धामी । धनगढी / कैलालीको टीकापुर नगरपालिकामा योगाश्रम निर्माण गरिएको छ । टीकापुरमा योगाश्रम निर्माण भएसँगै टीकापुर योगमय बन्दै गएको छ ।

हिजो (बिहीवार) एक कार्यक्रमकाबीच टीकापुर नगरपालिका वडा न १ मा योगाश्रमको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सांसद तथा कांग्रेस नेता डा. रण बहादुर रावलले उक्त योगाश्रमको उदघाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै रावलले आफूहरुको उदेश्य स्वास्थ्य सेवा र प्रेम रहेको भन्दै सम्पूर्ण नागरिकले स्वस्थ रहनु र सम्मान एबम प्रेम पुर्वक जिउन पाउनु आजको आवश्यकता भएको बताएका छन् । ‘जब कुनै देशको नागरिक शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन्छ तब मात्रै देशको बिकास र समृद्धि सम्भव छ । त्यसकारण योगले नेपाली नागरिकको जनस्तर र नेपालको बिकासमा अहम भुमिका निर्वाह गर्न सक्छ ।’ उनले भने ।

उक्त योगाश्रमको लागत २ करोड बढी रहेको छ । नगरका बालबालिका देखि वृद्धअवस्थाका सम्पुर्ण नागरिकले शारीरिक तथा मानसिक स्वास्थ्यता संगै उपचारको योग विधिलाइ अपनाइ रहेका छन । योगले मन शान्ती एवम् सन्तुष्टी प्राप्त हुने योगिहरुले बताएका छन् ।

व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेक रोगका बिरामीको संख्या बढ्दै गइरहेको परिपेक्ष्यमा योगको महत्वपूर्ण भूमिका रहेको भन्दै योगलाई राज्य स्तरबाटै व्यवसायिक तरिकाले अगाडि बढाउनुपर्ने र प्रर्यटन स्वास्थ्यलाई प्राथमिकता दिनु पर्ने टीकापुर योगाश्रमका संस्थापक रावलले बताएका छन् ।

उक्त योगकेन्द्र सुदूरपश्चिकै पहिलो योगाश्रम हो । साथै उक्त योगाश्रमलाई राष्ट्रिय योग अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?