जितसँगै एट्लेटिकोलाई मड्रिडसँग ७ अंकको अग्रता

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित हात पारेको छ । बिहीवार राति भएको खेलमा एट्लेटिकोले आइबरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

Image
खेलको १२ औं मिनेटमा आइबरका मार्कोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४० औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ८९ औं मिनेटमा सुआरेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।

जितसँगै एट्लेटिकोले १७ खेलमा ४४ अंक जोडेको छ । एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा ७ अंकले अघि रहेको छ ।

आइबर १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?