महान वैज्ञानिक स्टिफन हकिङका मनछुने २० भनाइहरु

काठमाडौं । महान वैज्ञानिक स्टिफन हकिङको जन्म ८ जनवरी सन् १९४२ र मृत्यु १४ मार्च सन् २०१८ मा भएको थियो । उनी विश्व प्रसिद्ध अंग्रेजी भौतिक शास्त्री,लेखक र क्याम्ब्रिज विश्वविद् हुन् ।

उनले भौतिक विज्ञान र व्रह्माण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् । उनका पुस्तकहरुमा सबैले सजिलैसँग विज्ञान बुझ्न सक्दछन् ।

स्टिफनका आमाबुबाको घर पहिला उत्तरी बेलायतमा थियो । तर दोश्रो विश्वयुद्धको समयमा अक्सफोर्ड सुरक्षित स्थान मानिएकाले उनीहरुको परिवार त्यहाँ गएको थियो ।

महान वैज्ञानिक स्टिफन हकिङका मनछुने २० भनाईहरु

१. यदि हामीले हाँसो र ठट्टा गरेनौँ भने जीवन साह्रै दुखद हुनेछ ।

२. तपाई विकलाङ्ग हो वा अपाङ्ग त्यो तपाईको गल्ती होइन,साथै यसका लागि दुनियाँलाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु पनि उचित होइन ।

३. तपाई भित्र जहिल्यै सकारात्मक उर्जा र विचार हुनुपर्दछ ।

४. जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्न दाबी गर्छ र हामीले त्यसलाई बदल्नका लागि केहि गर्न सक्दैनौँ भन्ने दाबी गर्छ,त्यसलाई बाटो पार गर्न अगाडि राम्ररी देखाउँनु पर्दछ ।

५. तपाईले गरेको गल्ती कसैले तपाईलाई नै आएर गुनासो गर्छ भने त्यसलाई राम्रो गरिस् भनेर भन्नुहोस्, किनभने बिना गल्ती तपाई वा म यो धर्तीमा रहँन सक्दैनौँ ।

६. म राम्रो विद्यार्थी होइन, किनभने म कलेजमा धेरै समय बिताउँदिन थिएँ,किनभने म स्वयंममा रमाउँन धेरै ब्यस्त थिएँ ।

७. सधैँभरि रहि रहने केहि पनि छैन ।

८. म सबै कुरा गर्न सक्दछु भन्ने सोच राख ।

९. मलाई समय बर्वाद गर्नु घृणा लाग्छ ।

१०. म केवल एउटा बच्चा हुँ जो कहिल्यै पनि ठूलो हुँदैन ।

११. म अहिले पनि आफूलाई कसरी र किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।

१२. म चाहान्छु कि न्यु क्लियर फ्युजन व्यवहारिक उर्जाको श्रोत बनोस् । यसले प्रदूषण वा ग्लोबल वार्मिङ बिना नै उर्जाको अटूट आपुर्ति प्रदान गरोस् ।

१३. हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौँ, तर व्रह्माण्डलाई सम्झन सक्दछौँ,यसले हामीलाई खास बनाएको छ ।

१४. हामी आफ्नो लोभ र मुर्खताको कारण स्वयंलाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ ।

१५. विज्ञान केवल तर्कको अनुयायी मात्र होइन,रोमान्स र उत्साह पनि हो ।

१६. जो मानिस आफ्नो बुद्धिको विषयमा दाबी गर्छ उ हारेका व्यक्ति हो ।

१७. कार्यले तपाईको उद्देश्य र अर्थ बताइदिनेछ, र यसबिना जीवन शुन्य छ ।

१८. चाहो जीवन जति सुकै मुश्किल किन नहोस्, त्यसले तपाईलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।

१९. पहिलो कुरा सधैँ तारालाई हेर्नुहोस्, न कि मुनिको पैतलालाई ।

२०. जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?