बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीवार राति भएको अन्तिम ३२ को खेलमा कोर्नेलालाई २-० ले पराजित गर्दै बार्सिलोना अर्को चरणमा प्रवेश गरेको हो ।

Image

कोर्नेलाको मैदानमा बार्सिलोनाले दुई पेनाल्टीमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ओसुमाने डेम्बेले र मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । खेलको ९२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

Image

खेलको ११८ औं मिनेटमा अल्बर्टले रातो कार्ड पाएपछि कोर्नेला १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको १२० औं मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

त्यसअघि खेलको ३९ औं मिनेटमा मिरालिम पाज्निकले पेनाल्टीमा गोल गर्न सकेनन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?