लिभरपुलको अपराजित यात्रामा पूणविराम, बर्नलीसँग स्तब्ध !

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हार व्यहोरेको छ । साविक विजेता समेत रहेको लिभरपुल बिहीवार राति बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो । बर्नलीलाई जित दिलाउन एस्ले बर्नेसले निर्णायक गोल गरे । खेलको ८३ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यस हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुंगिएको छ । लिभरपुल ६८ औं खेलसम्म घरेलु मैदानमा अपराजित रहेको थियो ।

यस हारसँग लिभरपुलले शीर्ष टोलिहरुसँगको अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ । लिभरपुल ३४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

बर्नली १९ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?