३२६ जनाका लागि कृषि विकास बैंकमा जागिर खुल्यो

काठमाडौँ । कृषि विकास बैंकले विभिन्न पदमा ३ सय २६ जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै प्रशासन र प्राविधिक दुबै तर्फबाट ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले कार्यक्षमताको मूल्यांकन र आन्तरिक प्रतियोगिताबाट बढुवाका लागि पनि कार्यरत कर्मचारीहरुबाट दरखास्त आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?