पीएम कप: प्रदेश १ र कर्णाली तथा प्रदेश २ र बागमती खेल्ने

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज शुक्रवार पनि दुई खेलहरु हुँदैछन् । आज प्रदेश १ र कर्णाली तथा प्रदेश २ र बागमती खेल्न लागेका हुन् ।

बागमती प्रदेश र प्रदेश २ बीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रदेश २ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ भने प्रदेश २ ले अहिलेसम्म कुनै खेल जितेको छैन । शीर्ष स्थानमा रहेको बागमतीले २ खेलबाट ४ अंक जोडेको छ ।

यस्तै कर्णाली प्रदेश र प्रदेश १ बीचको खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ भने प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश १ ले पनि कुनै खेल जितेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?