उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको भने तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै आज राती सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती, गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?