चन्द्रागिरि हिल्सको शेयर बाँडफाँड आज हुने

काठमाडौँ । चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान १० बजे आफ्नै कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कूल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहने १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ ।

आईपीओका लागि परेको १२ लाख ५६ हजार ७४६ जनाको आवेदन मध्ये ४५ हजार ६३१ आवेदन रद्द भएको बिक्री प्रवन्धकले जनाएको छ । यसको अर्थ १ लाख ३९ हजार ६०० आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकीको हात रित्तो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?