२०७७, ८ माघ बिहीवार २२:५९

‘नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध छौं’- नरेन्द्र मोदी


प्रकाशित मिति : २०७७, ८ माघ बिहीवार २२:५९

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्ध लड्न नेपाली जनतालाई सहयोग गर्न भारत सधैं तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले बिहीवार ट्वीटरमार्फत नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले  भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने  विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् ।

भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस