मसाल जुलुसमा प्रहरी हस्तक्षेप, १३ जना घाइते

काठमाडौँ– प्रचण्ड–नेपाल पक्षले चितवनको नारायणगढमा निकालिएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको छ । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट १३ जना घाइते भएका छन् भने २ जना पक्राउ परेका छन् ।

घटनाको विरोध गर्दै नेकपा चितवनले एक विज्ञप्तिमार्फत घोर भत्सर्ना गरेको छ । विज्ञप्तिमा पक्राउ परेका युवा नेताहरु भानु न्यौपाने र विशाल कँडेललाई विनाशर्त रिहा गर्न माग गरिएको छ भने प्रहरीको लाठी प्रहारबाट घाइते भएका रुकु बस्नेत, सुसन पौडेल, अंकित दवाडी, राजु भुसाल, अविरल पोखरेल, निर्मल दवाडी, सन्देश अधिकारी, सागर पुरी, अविनाश रम्तेल, नीरज सापकोटा, मनोज नहर्की, रोहित सुवेदी र वीरेन्द्र खरेलको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?