गुल्मीको वडा कार्यालयमा तेस्रो पटक तोडफोड

RSS
0
Shares

काठमाडौँ– गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । आज सिसिटिभीको दृश्य हेर्दा बुधवार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् । कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकै फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए ।

कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् । स्मरण रहेस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर तोडफोड गर्न व्यक्ति भने पत्ता लागेको छैन । लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?