हराएका १४७ वटा मोटरसाईकल फेला, ३२ जनालाई पक्राउ 

काठमाडौँ– ट्राफिक प्रहरीले सञ्चालन गर्दै आएको  बिशेष अप्रेसनका क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट चोरी भएको बजाजको २२० सिसिको पल्सर मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ५ लोलाङस्थित सडकखण्डबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरी बा ८७ प ८८३९ नम्वरको रातो कालो रङ्गको पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकल सहित ३ जनालाई पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका – १, भोर्ले घर भई हाल तारकेश्व्र – ५ लोलाङ बस्ने वर्ष ४१ को जित बहादुर तामाङ्ग, जिल्ला रसुवा नौकुण्ड गाउँपालिका वडा नं. २ घर भई हाल गोकर्णेश्व र – २ नयाँपाटी बस्ने बर्ष ४२ को सोमान गंदान तामाङ्ग, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल बौद्ध बस्ने वर्ष २८ को साङ्तेन तामाङ्ग लामा रहेको महाशाखाले जनाएको छ ।

मोरङ जिल्ला घर भएका पृथ्वीमान लिम्बुले बा ८९ प २२८५ नम्वरको २२० सी.सी. को कालो रंङ्गको पल्सर मोटरसाईकल चाबहिल मैजुबहालबाट हराएको भनि महाशाखामा निवेदन दिएका थिए । हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र चोरीमा संलग्न ३ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

आर्थिक वर्ष ०७७/७८ मा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी १४७ वटा मोटरसाईकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?