गाँजासहित थाहानगरका एक व्यक्ति पक्राउ

काठमाडौं– दुई किलो अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-७ का एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ५० वर्षीय राजकुमार खत्रीलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनी महादेववेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख १५५२ नम्बरको बसमा सवार थिए । उनीमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार  थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?