प्रधानमन्त्री ओलीले आसेपासे बाहेक अरुलाई सुखी पार्न सकेनन्- नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ता बाहेक अरुलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन् ।

संसद विघटनको कदम विरुद्द नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. ११ ले बिहिवार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कोण सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदाखेरी स्थिरता दिने र आम जनताको जीवनलाई सुखी पार्ने प्रतिबद्दता गरेको भएपनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आम जनतालाई केहिपनि दिन नसकेको बताएका हुन् ।

नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुन अनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताए । संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?