चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन : वनमन्त्री

RSS
0
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिकले मन्त्रालय तथा मातहतका विभाग तथा कार्यालयबाट छिटो छरितो सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि आज (बिहीवार) पहिलो पटक मन्त्रालयमा विभागीय प्रमुखलाई निर्देशन दिँदै उनले कर्मचारीका कारण सेवा ग्राहीको सेवा रोकिनु नहुँने बताए ।

उनले भने, “हामी नागरिकको सेवा गर्नका लागि आएका हौँ, नियम कानूनसंगत भएका सेवा ग्राहीका काम कुनै हालतमा नरोक्नुस ।” मन्त्री आलेले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका क्षेत्रमा भइरहेका काम कारवाहीमा केही ठाउँमा गलत मनसायले काम भइरहेको भन्ने सूचना आएकाले त्यसतर्फ विषेश ध्यान दिनसमेत मातहतका कर्मचारीलाई निर्देशन दिए ।

“राष्ट्रपति चुरे संरक्षणका नाममा भइरहेका काममा केही ठाउँमा आफ्नो व्यक्तिगत फाइदाका लागि काम भइरहेको भन्ने खबर छ, सम्बन्धित पक्षले तत्काल बुझेर गलत भएको हो भने काम रोकाउनुस्”, उनले भने, “चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन ।” विभागीय कर्मचारीले डिभिजन वन कार्यालयका प्रमख (डिएफओ) प्रदेश सरकार मातहत भएका कारण केन्द्रबाट सिधै काम गराउन समस्या भएकाले उनीहरुलाई पनि संघ मातहत ल्याउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?