शपथ ग्रहणमा अमेरिकाका कुन राष्ट्रपतिले कति मिनेटको भाषण दिए ?

काठमाडौं । जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा बुधवार शपथ लिएका छन् ।

योसँगै उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन् । उनको उमेर अहिले ७८ वर्ष रहेको छ । उनले शपथ ग्रहणपछि २२ मिनेटको भाषण दिउका थिए । जसमा २३८१ शब्दको प्रयोग भएको थियो ।

यो भन्दा अगाडि १९४० देखि १९८० को बीचमा अमेरिकी राष्ट्रपतिहरुले औसत १६१२ शब्दको प्रयोग गरे । १९८० देखि २०१३ को बीचमा २१२० शब्दको प्रयोग भयो । २०१३ मा ओबामाले २० मिनेटको भाषण दिए ।

यो बेलामा उनले करिव २ हजार शब्द बोलेका थिए । ट्रम्पले १६ मिनेटमा १४३३ शब्द बोलेका थिए । सबैभन्दा लामो भाषण १७९३ मा राष्ट्रपति जर्ज वाशिंगटनले १३५ शब्दको भाषण दिएका थिए ।

विलियम हेनरी ह्यारिसनले १८४१ मा सबैभन्दा लामो १ घण्टा ४५ मिनेटको भाषण गरेका थिए । त्यो बेला उनलाई निमोनिया भएको थियो ।राष्ट्रपति बनेको एक महिनापछि उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?