चितुवाको आक्रमणबाट मृत्यु

अर्घाखाँची, १७ असोज । सन्धिखर्क नगरपालिका, कुर बेंहोरेबाट सोमबार साँझ चितुवाले लगेको बालिका १३ घण्टापछि मृतावस्थामा फेला परेकी छन् । सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो । आज बिहान करिब ८ बजे बेंहोरेकोे जंगलमा बालिकाको शव फेला परेको हो । तीन वर्षमा चितुवाको आक्रमणबाट १२ बालबालिकाको ज्यान गइसकेको छ । सो चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रजिअ खिमराज भुसालले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?