नेपालमा कोरोनाविरुद्धको ५० लाख खोप आवश्यक, आज ल्याइयो १० लाख डोज (भिडियो)

काठमाडौँ– कोरोनाको १० लाख डोज खोप नेपाल आइपुगेको छ।

भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्दको १० लाख डोज खोप बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्दको खोप हस्तान्तरण गरेका हुन् ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरसफाईकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लगायतलाई प्राथमिकतामा राखेर खोप दिईने मन्त्री त्रिपाठीको भनाइ छ । अन्य प्राथमिकताको जनसंख्यालाई पनि खोप दिइने उनले बताए ।

सरकारले आधारभुत जनसंख्याको लागि नि:शुल्क रुपमा खोप उपलब्ध गराउने मन्त्री त्रिपाठीले बताए । नेपालमा थप ४० लाख खोप आवश्यक रहेको भन्दै उनले पहिलो चरणको खोप अभियान अन्त्य हुनुअगावै ल्याइसक्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?