चन्द्रागिरि हिल्सको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रवार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकै कार्यालय नक्साल बिहान १० बजे आईपीओ बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओ प्रि–अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ ।

चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले सेयर पाउन भाग्यकै भर पर्नु पर्ने भएको छ ।

कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?