ह्वाइट हाउसबाट बाहिरिँदा के गरिन् मेलानियाले ? हुन थाल्यो चर्को आलोचना

काठमाडौं । कडा सुरक्षाकाबीच डेमोक्रेटिक नेता जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । त्यस्ते कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी छन् ।

यसैबीच अमेरिकाकी पूर्व फर्स्ट लेडी मेलानिया ट्रम्पको आलोचना हुन थालेको छ । उनले ४ वर्षसम्म आफ्नो सुरक्षामा खटिएका कर्मचारीलाई थ्यांक्यू लेटर आफूले नलेखी अर्कोले लेखेको लेटरमा हस्ताक्षर गरेर दिइन् ।

ट्रम्पले बाइडेनको शपथ समारोहमा जान अस्विकार गरेपछि उनी पनि ट्रम्पसँगै ह्वाइट हाउसबाट बाहिरिएकी थिइन् ।

ह्वाइट हाउसबाट बिदा हुँदै गर्दा त्यहाँका स्टाफलाई फर्स्ट लेडीले थ्यांक्यू लेटर लेखेर दिने गरिन्छ । तर उनले अर्कैले लेखेर दिएको थ्यांक्यू लेटरमा हस्ताक्षर गरेर दिएपछि चर्को आलोचना भएको हो ।

उनले ८० जना कर्मचारीलाई थ्यांक्यू लेटर लेख्नुपर्ने थियो ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?