राजपत्रमा प्रकाशित संसद विघटनको सूचना उपलब्ध गराउन संवैधानिक इजलासको माग

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन भएकोबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।

प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई सदर गरेको भन्ने रापपत्रमा प्रकाशित सूचना माग गरेका हुन् ।

बिहीवारको बहसका क्रममा अधिवक्ताहरुले संसद विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको भन्ने आफूहरुलाई जानकारी नआएको बताएका थिए । बहसका क्रममा ओमप्रकाश अर्याल र टिका भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको सूचना सार्वजनिक गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?