नेपाल आइपुगेको कोरोनाविरुद्धको खोप सरकारलाई हस्तान्तरण

काठमाडौं । भारतले नेपाललाई उपहारस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिएको छ ।

भारतले दिएको कोरोना विरुद्धको खोप बिहीवार बिहान काठमाडौं आइपुगेको थियो ।

बिहीवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच भारतका लागि नेपाली राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

भारतले नेपाललाई अनुदानमा खोप दिने भनिएपनि कति परिमाणमा दिने भन्ने निक्र्योल भएको थिएन् । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?