नेपालमा २ लाख ६२ हजार बढीले जिते कोरोना, कति छन् क्वारेन्टाइनमा ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख ३१ हजार ७५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १७२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?