अब कहाँ बस्लान् ट्रम्प ? भने-‘म चाँडै फर्किनेछु’

काठमाडौं । अमेरिकाका निः वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कहाँ बस्लान् ? यो विषय जान्नको लागि धेरै मानिस पर्खाइमा छन् । उनी ह्वाइट हाउस छोडेपछि हेलिकप्टरबाट एण्ड्रयूज गएका थिए ।

त्यहाँबाट उनी फ्लोरिडाको आफ्नो रिजर्ट मार ए लेगो गए ।

उनले त्यहाँबाटै समर्थकलाई आफूले धेरै राम्रोसँग अमेरिकाको सेवा गरेको बताए ।

उनले भने, ‘एक भ्याक्सिन डेभलप गर्न ८ ९ वर्ष लाग्छ तर हामीले ९ महिनामै गरेका छौँ, म सधैँ अमेरिकाको लागि लडाईं लड्नेछु, म तपाईहरुलाई मायाँ गर्छु, अब छिटै नै म फर्किनेछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?