कोरोनाको नयाँ रुप झनै खतरा : नयाँ भ्याक्सिन बनाउँदै अक्सफोर्डका वैज्ञानिक

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसको नयाँ देखिएपछि त झनै विश्वमा त्रास पैदा भएको छ ।

यसैबीच अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु नयाँ कोरोना झनै खतरा भएको भन्दै भ्याक्सिन बनाउन थालेका छन् । बेलायतमा देखिएको कोरोना भाइरसका नयाँ स्ट्रेन पहिलेको कोरोना भाइरसको तुलनामा ७० प्रतिशत धेरै खतरनाक छ ।

अहिलेसम्म कोरोना भाइरसको नयाँ स्ट्रेन ६१ भन्दा धेरै देशहरुमा पुगिसकेको छ ।

नेपालमा पनि तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण फेला परेको छ ।

जसमध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने एक जना उपचार गराइरहेका छन् ।

उनीहरु बेलायतबाट नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?