प्रतिनिधिसभा विघटनको मुद्दा : माघ ४ गतेपछि वकालतनामा दिएकालाई बहस गर्न रोक

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा बहसका लागि माघ ४ गतेपछि वकालतनामा दिएका कानुन व्यवसायीलाई बहस गर्नबाट रोकिएको छ ।

बिहीवार संवैधानिक इजलासमा रिट निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट बहसका लागि आएका अधिवक्ता वसन्त रिमाललाई बहस गर्नबाट रोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिमाललाई बहस गर्नबाट रोक्दै माघ ४ गतेपछि आएका वकालतनामालाई अस्वीकार गरिएको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?