काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट विदाई हुँदै गर्दा राष्ट्रपति जो बाइडेनलाई एक नोट छोडेका थिए ।
त्यसमा के लेखिएको छ, त्यो कुरा बताइएको छैन । यो जानकारी न बाइडेनले दिए, न त ह्वाइट हाउसले ।
आधुनिक अमेरिकी इतिहासमा अब यो एक परम्परा जस्तै भएको छ । पूर्व राष्ट्रपति नयाँ राष्ट्रपतिको डेस्कमा एक लेटर छोडेर जान्छ । जर्ज बूशले पनि बिल क्लिन्टनको नाममा एक लेटर छोडेका थिए ।
तयसलाई क्लिन्टनकी श्रीमती हिलेरीले सोसल मिडियामा शेयर गरेकी थिइन् । बाइडेनले उक्त चिठीमा के छ भन्ने कुरा कसैलाई नबताउने बताएका छन् ।
उनले एक प्रश्नमा ट्रम्पले आफूलाई एक खत छोडेको र यसमा एक उदारता किसिमको कुरा रहेको बताएका छन् ।
उनले भने, ‘यो पर्सनल लेटर हो, त्यसैले यो कुरा म मिडियालाई दिन सक्दिन, मैले पहिला ट्रम्पसँग कुराकानी गर्नुछ ।’
पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि नव निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसलाई एक पर्सनल नोट छोडेर गएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया